३ कार्तिक २०७८, बुधबार

राजनीतिक प्रस्ताव पेश गर्दागर्दै ओली अस्वस्थ, बाँकी पेश गर्ने जिम्मा शंकर पोखरेललाई



 

काठमाडौँ– नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका बेला स्वस्थ्यमा समस्या देखिएको छ । जसको कारण उहाँले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सक्नुभएन ।

उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न लाग्नुभएको थियो । सोही क्रममा एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई जिम्मा दिनुभएको छ ।

अहिले पोखरेलले प्रतिवेदन प्रस्तुत गरिहनुभएको छ।