३ कार्तिक २०७८, बुधबार

दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, यसलाई निरुत्साही गरौं -ओली



 

काठमाडौ
नेकपा एमाले अध्यक्ष केपी ओली शर्माओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने वताउनुभएको छ । उहाँले बैठकमा सहभागीलाई जवाफ दिने क्रममा दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको उल्लेख गर्नुभयो ।

‘हामीले दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, उत्पादन बृद्धि गर्दैन, जसले सानो मात्र रोजगारी गर्छ ठुलो सक्दैन । त्यसले राष्ट्रिय आयमा पनि बृद्धि गर्दैन’, ओलीको भनाइ छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्वमा रहेका पदाधिकारीले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ नेतृत्वले दिइरहेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानको भवनमा जारी बैठकको तेस्रो दिन आइतबार प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि छलफल भैरहेको छ ।

अहिले उपमहासचिब पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नवको जवाफ दिएका छन् । त्यसपछि महासचिब पोखरेलले र अन्तिममा अध्यक्ष ओलीले जवाफ दिदै हुनुहुन्छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । ती प्रतिवेदनहरुमाथि शनिबार १० वटा समूहमा छलफल भएको थियो । सबै समूहले आफ्नो निष्कर्ष शनिबारै प्रस्तुत गर्दै तीन वटै प्रतिवेदनमा व्यापक परिवर्तनको सुझाव दिएका थिए ।