३ कार्तिक २०७८, बुधबार

एमालेको अवरोधविच नै संसद बैठक बस्दै, प्रतिस्थापन विधेयक पास गर्ने तयारी



काठमाडौ /आज सोमवार प्रतिनिधि सभाको बैठक बस्ने जनाइएको छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने छ।

आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने वताइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।

एमालेले निरन्तर संसद बैठकमा अवरोध गरिरहेको छ । अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरेका थिए तर एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्। प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटकपटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् ।

के मा रुष्ट छ एमाले ?

एमालेले केही समयदेखि सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। उसल सभामुख सापकोटामाथिे कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाइरहेको छ।