११ आश्विन २०७८, सोमबार

चट्याङ्ग सहित भारी वर्षाको सम्भावना



मौसम विश्लेषण 

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 

हाल  देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ।

२०७८ श्रावण २१ गते (बिहीबार)

दिउँसो: लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/२१ देखि २०७८/०४/२३) जारी समय : बिहान ६:०० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा सामान्य देखि पूर्ण बदली रहनरछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।