२१ श्रावण २०७८, बिहीबार

अन्तराष्ट्रिय पर्यटनलाई ल्याउन तयार रहन राजदुतहरुको सुझाव



काठमाडौं : पर्यटन बोर्डको सहकार्यमा हिजो विभिन्न देशका नेपाली राजदूतहरूले विश्वमा कोभिड विरुद्धको खोपको प्रभावकारीसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनु पर्ने बताएका छन् । कोभिडको कारण लामो समयदेखि विश्वव्यापीरुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड विरुद्धको खोपको प्रभावकारीताले पर्यटकीय गतिविधमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्ने पर्ने उनीहरुको धारणा छ ।

नेपाल पर्यटन बोर्डले आगामि वर्षको बजेट सँगसँगै विश्वव्यापी रुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्र्दभमा अमेरिका,क्यानडा र ब्राजिलका राजदूतहरुसँग बुधबार गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए । बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूव,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तरक्रियाकार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले छिमकी मुलुक भारत र चीन बाहेकका मुलुकहरुका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रर्वधनात्मक कार्यक्रम आयोजना गर्नु पर्ने बताए । पूर्व अर्थमन्त्रिी समेत रहेका डा.खतिवडाले संघीय सरकार,प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ती गरी कार्यक्रम गर्न सुझाव दिए । ‘अहिले पर्यटकीय गतिविधि शुन्यप्रायः रहकोले बजेट अभाव हुनु स्वाभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ । ’उनले भने । यस्तै उनले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै उनले सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहको जानकारी दिए ।

यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने बताए । उनले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए । यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सक्रेटरी) भरत खनालले नेपालको पर्यटनको अन्तरराष्ट्रिय प्रर्वद्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए । उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रर्वद्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढदै गईरहको सन्र्दभमा नेपालको बारेमा सहि सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताए । उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको सिमिततालाई ध्यानदिँदै बोर्डले काम गरिरहेको जानकारी दिए । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए । उनले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभएपनि पुनरुत्थानका कार्यक्रकासाथ अघि बढ्नुको विकल्प नभएको र बताए । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ । त्यसको लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ । ’ उनले भने ।

बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको थियो । यस्तै राजदूतहरुले यस विषम परिस्थितीमा परम्परागत शैलिका अतिरिक्त विद्युतिय माध्यमबाट नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक सामाग्रीहरु उपलब्ध गराई त्यहीँबाट उत्पादन गर्दा अझ बढी प्रभावकारी हुने धारणा राखेका थिए ।