२१ श्रावण २०७८, बिहीबार

अाेली र नेपालकाे वार्ता निष्कर्ष विहिन



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ । बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।

नेता सुरन्द्रेले पाण्डेले वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक दिशामा छ । बाँकी भाेलिकाे कार्दल बैठकमा छलफल हुन्छ,” उनले भने ।
नेता भीम रावलले पनि वार्तामा कुनै ठोस उपलब्धि भएको संकेत गरेनन् ।
“समग्रमा पार्टीको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । पुनः यस विषयमा छलफल हुने छ । हामीले लामो समयदेखि छलफल गरिरहेका छौँ । हामी जति पनि छलफल गरिरहेका छौँ, पार्टी एकताका गरिरहेका छौँ,” उनले भने ।