२१ श्रावण २०७८, बिहीबार

ट्रयाजेडी किङ्ग दिलिप कुमारको निधन



नयाँ दिल्ली बलिउडका ‘ट्रयाजेडी किङ्ग.को रुपमा चिनिने बलिउडडका अभिनेता दिलिप कुमारको आज बिहान नयाँ दिल्ली स्थित अस्पतालमा दुखत् निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

दिलिप कुमार केही दिनयता बिरामी परेका थिए ।  श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।

उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गरेका थिए