Logo

पानीमा माटोको सुगन्ध…….



हरिगोविन्द प्रजापति

माटोले बनाएको विशेष प्रकारको फिल्टर अन्तराष्ट्रियकरण हूदैछ

माटोको फिल्टर जीवाणुको संक्रमण रोक्ने प्रयासमा केिन्द्रत भएर बनाइएको छ । धमिलो त फिल्टरले हटाउने नै भयो, माटोको फिल्टर भएका कारण, आर्सेनिकसमेत अलि अलि छ भने माटोका कारण हट्छ । फिल्टरले खनिज तत्व त छानी नै हाल्छ । विश्वासका साथ भन्छु जीवाणु चाहिँ शून्य नै हुन्छ ।

ध्त्इ ले तोकेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानीमा आइरनको मात्र ०.३ हुनु पर्ने हो तर नेपालले यसलाई नियन्त्रण गर्न सकिएको छैन । त्यस माथि काठमाडौं खनिजयुक्त पानी भएको ठाउँ हो ।
पानी जीवन हो । तर त्यो पानी सफा र पिउन योग्य छ भने मात्र । मलाई यस्तो लागेर जीवाणुरहित ब्त्तग्ब् क्क्ष्ँ फिल्टर वनाउन तिर लागे ।
फिल्टरको चक्का विशेष प्रकारको माटो र प्रज्वलनशील पदार्थहरु मिसाएर बनाइन्छ माटोको चक्कामा मसिनो मसिनो प्वालहरु छन् । आवश्यक जाँच पछि चक्का चाँदी घोलिएको पानीमा डुवाउँदा लगभग ५ एमएल चाँदीका कण चक्काको प्वालमा अट्कन्छ । त्यसपछि करिब एक साता जति छायाँमा सुकाउँदा पानी उडेर जान्छ । यो चक्का आफैंले ८० प्रतिशत जीवाणु उल्मूलन गर्छ वा मार्छ । वाँकी रहेको चाहिँ चाँदीले जीवाणु मार्ने काम गर्छ । हुन त हामीले शत प्रतिशत नभनेर ९९.९९ प्रतिशत मात्र भन्छौँ किन भने उपभोक्ताले हाम्रो सल्लाह अनुरूप प्रयोग नगर्न पनि सक्छन् । जस्ता की पानी जम्मा हुने भाँडो, फिल्टर गरेको सफा पानीले पखाल्नु पर्नेमा सावुन या अरु रसायनिक पदार्थले पखाल्यो भने भाडोमा जम्मा भएको पानी संक्रमित हुन सक्छ ।
फिल्टरसम्बन्धी काम मेरो बुबाले सन् १९८० देखि सुरु गर्नु भएको हो । बुबाले अहिल क्याण्डलयुक्त फिल्टर भएको दुई तल्ले इस्टीलकै जस्तो माटोको फिल्टर बनाउनु हुन्छ । पहिले क्याण्डल भारतवाट किन्नुहुन्थ्यो । म वाहिर सेरामिकमा काम गर्ने गथ्र्येँ । बुबाले जहिले नि ‘जाबो क्याण्डल नि वनाउन नसक्ने’ भन्नुहुथ्यो । १९८७ तिर सेरामिकवाट ल्याव तालिमका लागि थाइलाण्डको च्याङ्माई सहरमा गए । त्यहाँ महासागर छेउको ठाउँ भएर नि पानीको समस्या थियो । त्यहाँको प्रोफेसनल सेरामिको हुनुहुन्थ्यो । त्यहाँ ठूलो अनि मोटो क्याण्डलहरु वनाइन्थ्यो १०,२० वटा पोखरीमा जडान गरिन्थ्यो । त्यही फिल्टर गरेको पानी जारमा भरेर घरघरमा पु¥याइन्थ्यो । त्यसरी च्याङ्माई सहरमा पिउनेपानीको व्यवस्था गरिन्थ्यो ।
हामीले त्यहाँ क्याण्डल वनाउने सिक्यौ । नेपाल फर्केर १९८७मा नेपालमै पहिलो पल्ट फिल्टर क्याण्डल वनाएको हो । त्यस अघि नेपालमा जे जति क्याण्डल छ त्यो सबै भारतवाटै भित्र्याइने गरिन्थ्यो । मैले फिल्टरमा प्रोयोग हुने क्याण्डल जर्मनमा परिक्षण गर्न पठाए । त्यसआधारमा यहाँ उत्पादित सामानमा त्भकतभम ष्ल न्भचmबल को ट्याग राखेर बजार पु¥याएँ । भारतबाट आउने क्यान्डल सस्तो अनि ठूलो परिणाममा भित्रिने भएपछि सामान गुणस्तरीय भए पनि मैले बजार कम भए ।
क्यान्डल बनाउँदा त्यसमा प्रयोग हुने प्लास्टिक बाहिरबाट किन्नुपथ्र्यो । सेतो माटो पनि बाहिरबाटै ल्याउनुपर्ने हुन्छ । मलाई के लाग्छ, भने सामान सबै वाहिरवाट किन्नु पर्ने, हामीलाई काम , तयारी गरेको वापत ज्याला मात्र पाउने ! मन लागेन ।
बुबाले बनाएको फिल्टरमा आफंैले बनाएको क्यान्डल जडान गरेर तयारी फिल्टर बजारमा लैजादाँ पनि मेरो चित्त बुझेन । परम्परागत पुर्खौली पेशा त्यसमा समय अनुकुल भएन भने अरु पेशा नै अंगाल्नु पर्ने हुन्छ जस्तो लाग्छ । बुबाले फिल्टरको भाँडोमा मात्र पेशा केन्द्रित गर्नुभयो । तर मैले क्यान्डलवाला फिल्टरलाई नै विस्थापित गरेर सुधारिएको चक्का प्रयोग गरी व्यवस्थित जीवाणुरहित पानी पिउन सक्ने चाँदी लेपन गरिएको फिल्टरमा केन्द्रित भएँ ।
तालिम दिने कोहि नभएर मसमेत साथीहरू भक्तपुर सेरामिकले भारतमा सन् १९८५ मा सेरामिक प्रवर्धन परियोजनामा ६ महिने तालिम लिन गएँ । जुन परियोजना नेपाल र जर्मन मिलेर स्थापना गरेको थियो । मैले ताप र प्रविधि विषयमा अध्ययन गरेको हँु ।

आगोलाई कसरी नियन्त्रण गर्ने, भट्टा बनाउने जस्ता प्रविधि मैले यस फिल्टर र फिल्टरको चक्का बनाउनमा प्रयोग गरे ।
बुट्टे सेरामिकहरूलाई नेपालमा पहिलो पल्ट च्याम्बर चिम्नी वनाइदिएँ । च्याम्बर चिम्नी तीन मुख्य चुलो हो । जसमा आगोको ताप खेर नजाओस् भनेर ताप प्रविधि प्रयोग गरिएको हुन्छ । भक्तपुरको कर्ण अवालसँग ऐतिहासिक चुलो छ ।

यो जापान प्रविधि जापान जाँदा सिकेर आएको हँु ।
त्यसपछि सरकारी जागिर छाडेर परियोजना तिर लागे । अनी मध्यपुर क्ले क्राफ्ट नामक उद्योग खोलेर भिलेज फरवार्ड संस्थाको सहयोगमा काम गरँे । भिलेज फरवार्ड संस्थाले सेरामिकसम्बन्धी काम गर्ने हुँदा मैले दर्ता गरेको संस्था दर्ता गरेको ठाउँमा गएर म यहाँसम्म आइपुगे । यो संस्थासंग मिलेर विभिन्न गैरसंस्था, संस्था, रोटरी क्लब, महिला समूह मार्फत विभिन्न स्कूल , गाउँघरहरूमा वितरण गरिन्छ । सुरुमा त मैले आफ्नै वडांमा पाँच सय वटा जति सितैमा वितरण गरेँ । पछि मात्र संस्थामार्फत स्कूलमा गएँ । संस्थाले मेरो मध्यपुर क्ले क्राफ्फ किन्छ । पछि मिलेर नै वितरण गर्छौ ।


विभिन्न मुलुक USA, MIT जस्ता ठाउँवाट मैले वनाएको फिल्टरसम्बन्धी अनुुसन्धान तथा शोधपत्र तयार गर्न आउँछन् । अव मेरै बुहारी पनि यससम्बन्धी शोधपत्र तयार गर्दैछिन् ।

रोटरी क्लवले २० हजार डलरको परियोजना दिएको छ । त्यही परियोजना अन्तरगत पाँच वटा जिल्लाका व्यक्ति बोलाएर भाँडो बनाउने तालिम दिएँ । तर फिल्टर गर्ने चक्काको तालिमबारे चाहिँ सामान्य प्रविधिको मात्र जानकारी दिए । किनकी सामान्य तालिमले मात्र यसको गुणस्तर नियन्त्रण गर्न सकिदैन । गुणस्तर नियन्त्रण भएन भने पानीमा हुने जीवाणु उन्मुलन हुँदैन, प्रत्यक्ष मार हामी उपभोक्तालाई पर्छ ।
त्यसको अनुभव पनि छ मलाई । भारतको बनारसबाट दुई जना कुमाले बोलाएर चक्का, भाँडो बनाउने तालिम दिएर साँचो सामानसमेत पठाएँ । तर उनिहरूले गरेको काम परिक्षण गर्दा गुणस्तरीय भएन, त्यहाँ काम नै बन्द गराएँ । अफगानिस्तानमा दुई मध्ये एक महिलाले राम्रो गरे पनि आन्तरिक द्वन्द्वको कारण निरन्तरता भएन ।
भाँडो बनाउन मैले बाहिर घरेलु कुम्हालेलाई जिम्मा दिन्छु । चक्कामात्र मेरो मध्यपुर क्ले क्राफ्फले बनाउँछ र बाहिरबाट आएको भाँडो चक्का जडान गरेर फिनिसिङ्ग गरेर सप्लाई गर्छा । माटोको फिल्टर भएको कारण मौसमी व्यापार हुने गरिन्छ । पानी चिसो हुने हुदाँ गर्मीमा धेरै माग हुन्छ ।
मैले सञ्चार माध्यममा भारतमा वनाएको सेरामिक फिल्टरको थाहा पाएँ । त्यसमा तीन इन्चको वाक्लो माटोले मात्र बनेको चक्का प्रयोग गरेर फिल्टर वनाउने गरिँदो रहेछ । पानी चिसो र कम फिल्टर हुदो रहेछ ।
मैले यही जानकारीलाई आफ्नै तरीकाले प्रयोग गरे । तीन इन्चलाई एक इन्चमा घटाए । मैले ताप र प्रविधि प्रयोग गरेर चक्कामा चाँदीको घोलमा डुकाएर चादीँको लेपन गरी गुणस्तरीय जीवाणुरहित फिल्टर तयार पारे । खष्ििबनभ ायचधबचम, भ्ल्एज्इ,ल्भ्क्क् का प्रयोगशाालाहरूमा परीक्षणद्वारा प्रमाणित भएपछि मात्र ब्त्तग्ब्क्क्ष्ँ नामकरण गरी फिल्टरको काम अघि बढाए । म कुम्हाले परिवारमा जन्मिएर आजसम्म जे जति गरेँ माटोसम्बन्धी नै गरँे ।
विभिन्न मुलुक ग्क्ब्, ःक्ष्त् जस्ता ठाउँवाट मैले वनाएको फिल्टरसम्बन्धी अनुुसन्धान तथा शोधपत्र तयार गर्न आउँछन् । अव मेरै बुहारी पनि यससम्बन्धी शोधपत्र तयार गर्दैछिन् ।
यसैमा काम गर्दा मैले घरायसी प्रयोजनको लागि भनेर १८ लिटर पानी अट्ने फिल्टर वनाए । अब हाते फिल्टरको पनि काम गरेको छु । यो विद्यार्थीलाई

माटोका फिल्टर र यसका पुर्जाहरु
प्रतिक्रिया दिनुहोस्