बालबालिकाको स्वास्थ्य जोगाउन छिटै स्कुल बन्द गरिनेछ : प्रधानमन्त्री

मौसममा हाल देखिएको प्रतिकुलताको असर जनस्वास्थमा समेत पर्ने सक्ने भएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने भएको छ । यसबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।